• नमोबुद्ध संवाददाता,

खानीखोला-कोरोना भाईरसबाट बच्नको लागि सचेत रहन आग्रह गर्दै काभ्रेको खानिखोला गाउँपालिकाको सबै वडाहरुमा हालै ने.क.पा. माओबादी केन्द्र प्रवास कमिटी र आहाना नेपालद्धारा स्वास्थ सामाग्री वितरण गरिएको छ ।

खानीखोलाका प्रत्येक वडामा १ हजार सर्जिकल माक्स,डिट्रोल साबुन, साईनेक्स,एन्टिजेन किड्स,थर्मलगन,पल्स अक्सिमिटर,पिपिई सेट,ग्लोब्स,स्यानिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो ।

ने.क.पा. माओबादी केन्द्र प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थिङ( छिन्ताङ),जिल्ला सदस्य दैबलाल घिसिङ (अनुशिल) जिल्ला सदस्य खडक बहादुर जिम्बा(अबिरल),युवा समाजसेवी भिम घिसिङको उपस्थितिमा स्वास्थ सामग्री बितरण गरिएको हो ।

टोलिमा युवा समाजसेवी सागर जिम्बा,जिल्ला नेता राजन अधिकारी,बिनोद कुस,लगायत पनि खानिखोलाको गाउँ-गाउँ आईपुगेको थियो ।

गाउँ-गाउँ आएर स्वास्थ सामाग्री वितरण गर्दा स्थानीय खुसी भएको माओवादीका स्थानीय युवा नेता निशान मोक्तानले बताउनुभयो । उहाँका अनुसार काभ्रेको अति बिकट भनेर चिनिने खानिखोलाका बासिन्दाले कोरोना कहरमा यसरी साथ दिने सहयोगि सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !