नमोबुद्ध संवाददाता

रोशी-काभ्रेको रोशी गाउँपालिका वडा नं १ का किसानहरुका लागि कृषि औजार वितरण गरिएको छ । यहाँका किसानहरूले ५०% अनुदानमा सोमबार ट्याक्टर,डिक्स मेल घट्ट कन्सेलर,स्प्रे पम्प लगायतका औजारहरु पाएको वडाध्यक्ष श्रीदास लामाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री स्वरोजगार आधुनिक कृषि कार्यक्रम अन्तर्गत बागमती प्रदेशद्वारा मकै ब्लग योजना अनुसार रु २५ लाख अनुदान दिएकोमा अनुदान प्राप्त सर्वश्री कृषि सहकारीको अगुवाइमा किसानको २५ लाख गरि रु ५० लाखको कार्यक्रम अनुसार कृषि औजारहरु वितरण गरिएको हो ।

स्थानीय किसानहरुले मिनिटेलर ट्याक्टर २८ वटा,डिक्स मेल घट्ट १८ वटा,कन्सेलर बिद्धुतिय १४ वटा,कन्सेलर हाते १५० वटा,तिर्पाल मकै सुकाउने २०० वटा,औषधि छर्ने स्प्रे पम्प ५० वटा प्राप्त गरेका हुन् ।

सर्वश्री कृषि सहकारी संस्थाका अध्यक्ष भिमसेन बोहराको सभापतित्वमा कृषि ज्ञान केन्द्रका प्रमुख तेज प्रसाद दवाडीको प्रमुख आतिथ्यतामा रोशी १ का वडा अध्यक्ष श्रीदास लामाको विशेष आतिथ्यतामा,वडा सचीव मधुसूदन पन्थी र लाभान्वित किसानहरुको उपस्थितिमा भएको कृषि औजार वितरण कार्यक्रम निर्जला आचार्य थापाको सञ्चालनमा भएको थियो ।

सहकारीले स्थानीय किसानहरुलाई २ समुह गरी मकै उत्पादन सम्बन्धी ३ दिने तालिम दिनुका साथै c.p.मकै २२५० के.जी.,मकैको लागि चाहिने किटनाशक र भिटामिन औषधि समेत वितरण गरिएको सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !