- नमोबुद्ध संवाददाता,
काभ्रे-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनेपा नगर समिति कोरोना कहरमा मजदुरहरुको सारथी बनेको छ । महामारीको निषेधाज्ञाका कारण समस्यामा परेका श्रमिक,अपांग,जेष्ठ नागरिक,ज्यालादारी गरेर परिवार पाल्दै आएका मजदुरहरुलाई समितिले हालै राहत वितरण गरेको छ । उनीहरुलाई दाल,चामल,तेल, नुन,साबुन लगायतका सामाग्री राहतस्वरुप वितरण गरेको नगर समितिले जनाएको छ ।
माओवादी केन्द्रका जिल्ला सदस्य भोला प्रसाद अर्यालले रोगले भन्दा पनि खाद्यन्न अभावले हातमुख जोड्न समस्यामा परेकाहरुको पहिचान गरि राहत वितरण गरिएको जानकारी दिनुभयो । “जसलाई समस्या छ सम्पर्क गरौँ हामी घरमै पुर्याउन आउनेछौँं । तर वास्तविक पीडित छुट्नु हुँदैन,-” उहाँले भन्नुभयो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगर कमिटी इन्चार्ज राजन अधिकारीले कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको बन्दका कारण दैनिक छाक टार्नसमेत समेत धौ–धौ भएका २५ भन्दा बढी परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।
शहरी क्षेत्रमा दैनिक रुपमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकाहरु मध्ये विशेष गरी नगर क्षेत्र शिल गरेपछि कोठामा खाद्यान्न सकिएर समस्यामा परेका श्रमिकहरुलाई राहत वितरण गरिएको उहाँले बताउनुभयो ।
सो अभियानमा सामान ढुवानीका लागि यातायातको ब्यवस्थापन आर.पि.फर्निचरका सञ्चालक पुरुषोत्तम नेपालले गर्नुभएको थियो । कोरोना कहरका कारण मजदुरहरुको पेशा नै संकटमा परेको छ भने परिवार पाल्न समेत समस्या झेल्दै आएका छन् । यसअघि ट्रेड युनियन नगरसमितीले पनि राहत वितरण गरेको थियो ।
राहत वितरणमा जिल्ला कमिटी सदस्यहरु कल्पना लामा,उषा अर्याल समाजसेवी तथा नेता पर्शुराम दाहाल,ट्रेड युनियन महासंघ बनेपा नगर संयोजक मिनराक केसी लगायतको उपस्थिति रहेको थियो ।