
- नमोबुद्ध संवाददाता,
काभ्रे-जिल्लाको भुम्लु गाउँपालिकाको वडा नं २ र ३ मा कोरोना महामारीको कारण रोजगारी,आम्दानी गुमाएका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान वितरण गरिएको छ ।
नेपाली कांग्रेस तरुण विभाग बाग्मती प्रदेशका उप–संयोजक तथा नेपाल तरुण दल काभ्रेका सभापति दावा लामाले दुवै वडाका ३ सय ५० विपन्न परिवारलाई चामल,नुन,तेल लगायतका खाद्यान वितरण गर्नुभएको हो ।
सभापति लामाले आफ्नो अभियानमा विभिन्न व्यक्तिहरुले सहयोग गरेको भन्दै भुम्लु गाउँपालिकाका सबै वडा र जिल्लाका विभिन्न स्थानमा आवस्यकताका आधारमा राहत वितरण गर्ने बताउनुभयो ।
स्थानीय समेत रहेका लामाले खाद्यान्नका साथै माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गर्नुभएको हो ।
आईतबार लामाले गरेको सहयोगप्रति स्थानीय विपन्न परिवारले आभार प्रकट गर्दै खुशी व्यक्त गरे ।
लामाले जिल्लाका विभिन्न स्थानमा यस्तो सहयोग गर्दै आउनुभएको छ । उहाँले गतबर्ष पनि कोरोना संक्रमणका कारण गरिएको लकडाउनको समयमा न्यून आय भएका परिवारलाई राहत सामाग्री वितरण गर्नुभएको थियो