• नमोबुद्ध संवाददाता,

तेमाल-दिनहुँ कोरोना संक्रमित बढ्न थालेपछि काभ्रेको तेमाल गाउँपालिका स्वास्थ्य सेवा बाहेकको अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णयमा पुगेको छ ।

बस्तीस्तरमा कोभिड–१९ संक्रमण बढ्दै गएपछि स्वास्थ्य सेवा बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय मंगलबार बसेको गाउँ कार्यपालिका बैठकले गरेको हो । यस निर्णयबारे प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले एक सूचना मार्फत जानकारी गराउनुभएको छ ।

“गाउँपालिका एवं वडा कार्यालयहरुबाट प्रवाह हुने अति आवश्यक स्वास्थ्य सेवा बाहेक अन्य सेवाहरु (योजना अनुगमन,भुक्तानी लगायतका सेवाहरु) तथा गाउँपालिका भित्रका बैक तथा वित्तिय संस्था,सरकारी एवं गैर सरकारी संघ संस्थाहरुबाट प्रवाह हुने सेवाहरु मिति २०७८/०२/०५ गते देखि मिति २०७४/०२/१० सम्मका लागि पूर्ण रुपमा बन्द हुने भएकोले सम्बन्धित सरोकारवाला पक्षहरु सबैको जानकारीका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ ।” सूचनामा उल्लेख छ ।

मंगलबारसम्म तेमाल गाउँपालिकामा कोरोना संक्रमित हुने संख्या ३१ पुगेको छ । यि अधिकांश संक्रमित पछिल्लो साता थपिएका हुन् । गाउँमा थप संक्रमण फैलिन नदिन पालिकाले यस्तो निर्णय गरेको पालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस !