• नमोबुद्ध संवाददाता,

खानीखोला-काभ्रेको खानीखोला गाउँपालिका वडा नं ७ मा कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित भएका स्थानीयलाई बेवास्ता गरेको भन्दै स्थानीय आफैं जागरुक भएका छन् ।

२०७८ जेठ २९ गते १७ जनामा पिसिआर परिक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिकाले एउटा पनि मास्क वितरण नगरेको गुनासो साँचेका उनिहरु आफैं गाउँ सुरक्षामा लागेका हुन् ।

संक्रमीत बिरामीहरुलाई बेवास्ता गरेपछि मिति २०७८ जेठ २ गतेबाट चन्द्र स्याङ्तानको नेतृत्वमा “सेवा नै धर्म हाे,टोल छरछिमेक गाउँ समाज सुरक्षित रहे तपाईं हामी पनि सुरक्षित रहन्छ” भन्ने आभियान चलाईएको हो ।

चन्द्र स्याङतान,सानुबाबु गोले र जीवन स्याङतानद्वारा मास्क १२५९ थान, सेनिटाइजर १५ थान, सुरक्षित पञ्जा ४० जाेर,थर्ममिटर ४ थान, फेससिल ३ थान,जीवनजल ५५ प्याकेट,सिटामोल ६० प्याकेट,रुघाखोकीको औषधी ५० प्याकेट,पखालाको औषधि ४० प्याकेट वितरण गरिएको छ ।

साथै युवाहरुले कोरोना रोगबाट बच्न परमर्श र सचेतना प्रवाह गर्दै आएका छन् ।

ति स्वास्थ्य सामग्रीबाट स्थानीय २९ घरधुरीले लाभ लिने स्थानीय अभियन्ता स्याङतानले बताउनुभयो । गाउँमा थप संक्रमण फैलिन नदिन आफूहरु जागेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !