
फाइल तस्वीर : यस्तो चहलपहलमा पूर्ण रोक
- नमोबुद्ध संवाददाता,
बनेपा-मध्यपूर्व क्षेत्रको व्यापारिक नगरी बनेपामा कोरोना भाईरस कोभिड-१९ संक्रमण नियन्त्रण भन्दा बाहिर जान थालेपछि स्थानीय सरोकारवालासहितको छलफलबाा यहाँको स्थानीय सरकारले महत्वपूर्ण कदम चालेको छ ।
कोरोना संक्रमितहरु दैनिक बढ्न थालेपछि मर्निङ वाक समेत गर्न नपाइने गरी काभ्रेको बनेपालाई पूर्णरुपमा शिल गरिएको सोमबार एक सूचना जारी गरि स्पष्ट पारिएको छ ।
बनेपा क्षेत्रका सरोकारवालासहित सिफारिसमा नगरले मिति २०७८ जेठ ४ गते राती १२ बजेदेखि जेठ १२ गते राती १२ बजेसम्मका लागि बनेपा क्षेत्र शिल गरेको जनाएको छ ।
पूर्णरुपमा गरिएको बन्द अवधिमा औषधि पसल र अस्पताल बाहेक सबै बैंक,वितिय संस्था,फलफूल तथा तरकारी, खाद्यान्न, दुग्ध, रेष्टुरेन्ट कुनै पनि सञ्चालन हुने छैनन् ।
स्थानीय नागरिकको दैनिकी स्थानीय वडाको निगरानीमा हुनुपर्ने हुन्छ, अनावश्यक रुपमा नीजि र सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
फोहोर मैला व्यवस्थापन,इटरनेट तथा बिद्युत सेवा भने आवश्यक स्वास्थ्य मापदण्डका साथ गरिने नगरप्रमुख लक्ष्मीनरसिं बादेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
सूचनासहित हेर्नुहोस् :