- नमोबुद्ध संवाददाता,
धुलिखेल-काभ्रेमा कोरोना भइरस कोभिड-१९ संक्रमण फैलिन क्रम नरोकिएपछि यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासनले पुनः निशेधाज्ञा जारी गरेको छ । यसअघि वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म निशेधाज्ञा जारी गरेको समय सकिएको र अझै कोभिड संक्रमण नियन्त्रणमा आउन समय लाग्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय धुलिखेलले पुनः निशेधाज्ञा जारी गरेको हो ।
मिति २०७८ वैशाख २६ गते रातको १२:०० बजेदेखि २०७८ जेठ २ गते रातको १२:०० बजेसम्मका लागि निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
यस जिल्लामा पनि यो रोगको संक्रमण दर उच्च रुपमा बढिरहेको अवस्थालाई दृष्टिगत गरी कोभिड-१९ को सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि निशेधाज्ञा जारी गरेको स्पष्ट पार्दै निर्णय विपरित गएमा कारवाही गर्ने समेत जनाएको छ ।
स्थानीय प्रशासनले आइतबार निशेधित विशेष क्षेत्र,सर्वसाधारणले पालना गर्नुपर्ने नियम, कार्यालय सञ्चालन लगायतका सम्बन्धमा लिखित सूचना नै सार्वजनिक गरेको हो ।