• नमोबुद्ध संवाददाता,

काठमाडौं-कालिदेवि मिडिया हाउसद्वारा निर्माण हुदै आएको टेलि चलचित्र ‘भाग्य छोराको’ २५ औं भाग पुगेको उपलक्ष्यमा वैशाख ४ गते शनिबार राष्ट्रिय नाचघर जमलमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । नाचघरको मिनिहलमा हुने कार्यक्रमको मध्यान्ह १२ बजे युवा तथा खेलकुदमन्त्री दावा लामाद्वारा औपचारिक उद्घाटन हुनेछ ।

भादगाउँ टेलिभिजन(BTV) मार्फत प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रममा कलाकारहरु अमृत लामा,उत्तर संगुल,जोगलाल लामा,विजय थोकर लगायत दर्जनौं कलाकारहरुको प्रस्तुति रहने निर्देशक विनायक तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा चर्चित गायक गायिका,नायक-नायिका,मोडल,हाँस्य कलाकार, टेलिचलचित्रका कलाकारहरुको बेजोड प्रस्तुति राख्ने तयारीमा आयोजक जुटेको हो ।

नयाँ वर्ष २०७८ को आगमनको अवसर समेत जुरेकोले कार्यक्रम मनोरञ्जनात्मक तथा भव्य हुने आयोजकको अपेक्षा छ । कार्यक्रममा टेलिचलचित्र ‘भाग्य छोराको’ सफलतामा योगदान गर्ने सहयोगीहरुलाई सम्मान समेत गरिने निर्माता तथा निर्देशक विनायकले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !