• नमोबुद्ध संवाददाता,

भक्तपुर-तामाङ गीत संगीतको क्षेत्रमा नयाँ कृति ‘छुम्सी थान्बा माया’ सार्वजनिक भएको छ । हालै यहाँ आयोजित बृहत साँस्कृतिक कार्यक्रमकाबीच संविधानसभा सदस्य तिर्थ लामाले मदन ग्लानको प्रस्तुति तामाङ आधुनिक गीत ‘छुम्सी थान्बा माया’ लोकार्पण गर्नुभयो ।

मिस तामाङ २०२१ का विजेताहरुलाई सम्मान कार्यक्रम समेत राखेकाे औपचारिक समारोहमा गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।

गीतमा शब्द, संगीत ज्ञानदास तामाङको रहेको छ भने मदन ग्लान र जितु लोप्चनको आवाज सुन्न सकिन्छ। चाँद सिंले एरेञ्ज गरेको गीतको मिक्सिङ मास्टर गोविन्द सोनिको रहेको छ ।

विवेक लामा र विकास प्रसाईंको संयुक्त निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा गायक मदन ग्लानको साथमा सूचना थोकरको अभिनय रहेको छ ‌। भिडियो छायांकन र कलर विवेक लामाको हो ।

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !