• अशोक बुद्ध लामा

काभ्रे–सिटिजन लाइफ इन्स्योरेन्स बनेपा शाखाले पनौति नगरपालिका ३ निवासी शर्मिला न्यौपानेलाई विवाहको अवसरमा जीवन बिमा उपहार प्रदान गरेको छ । एजेन्सी मेनेजर सुनिता श्रेष्ठ र सिटिजन लाइफ इन्सुरेन्स बनेपा शाखा प्रमुख मच्छे नारायण श्रेष्ठ समेतको उपस्थितिमा मंगलबार बिमालेख उपहार प्रदान गरिएको हो ।

शाखा प्रमुख श्रेष्ठले भन्नु–“जीवन सुरक्षित गर्नुभएकोमा हार्दिक बधाई छ ।” न्यापानेले यस्तो शुभ अवसरमा बिमालेख उपहार दिने कार्यले आफूलाई उतसहित बनाएको भन्दै खुशी प्रकट गर्नु भयो ।

उहाँले वार्षिक अग्रिम भुक्तानी बिमा पोलेसी लिनुभएको हो,जसमा वार्षिक ५ प्रतिशत रकम फिर्ता पाउनु हुनेछ,आवस्यक परेको खण्डमा २ बर्ष पूरा भएपछि कर्जा लिन पाउनुहुनेछ । यसमा बिमा अवधि समाप्त भएपछि बाँकी बीमांक रकम र आर्जित बोनस सहितको रकम फिर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस !