• नमोबुद्ध संवाददाता,

काठमाडौं–पचास साठ्ठीको दशक लोक दोहोरी क्षेत्रमा राज गरेका गायक हुनुहुन्थ्यो घमेश दुलाल । नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्जनौं गीत स्रोता तथा दर्शकको मनमा मनमा बसिसकेको थियो ।

मुलुकमा गणतन्त्र आएलगत्तै लोक गीत संगीतको क्षेत्रबाट एकाएक हराएका दुलालको कम्ब्याक भएको छ । अहिले यहाँ लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लाग्नुभएको छ ।

काठमाडौं अनामनगरस्थित घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो समेत संचालनमा ल्याएका दुलालले लोक दोहोरी गीत “वनमा खयर” लिएर पुनःआगमन हुनुभएको हो ।

यसमा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिनुभएको छ । चर्चीत रचनाकार शिव हमालले यो गीतको शब्द रचना गर्नुभएको छ । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट दर्शक तथा स्रोता माझ आउन लागेको गीतको भिडियोमा निकै मिहेनत गरीएको डिएआर मुभिजका राजाराम गौतमले बताउनुभयो । भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ ।

वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गर्नुभएको छ भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गर्नुभएको हो । सोलुखुम्बुको रमणिय स्थलमा भिडियो छायांकन गरीएको डीएआर मुभिजका विवेक चौलागाईले बताउनुभयो ।

दुलाल केही समय अगाडि नै “भुल” लोक दोहोरी गीत मार्फत आउने चर्चा थियो । भुलमा दुलाललाई लोकप्रिय गायिका अन्जु पन्तले साथ दिनुभएको छ । उक्त गीतको सुटिङ गर्न उपयुक्त समयको पर्खाईमा रहेकाले वनमा खयर त्यो भन्दा अगाडि आएको एक्सन स्टुडियोका संचालक तथा गायक श्याम धितालले स्पष्ट पार्नुभयो ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस !