-
नमोबुद्ध संवाददाता,
धुलिखेल–संचारकर्मी सिङ्ग मोक्तानको पहिलो शब्द रचना तामाङ दोहोरी गीत ‘म्हाला आङा’ हालै सुपर सेलो युट्यूव च्यानलमार्फत सर्वजनिक भएको छ ।
विशाल काल्तानको संगीतमा युनिक दोङ र गायिका जितु लोप्चनले स्वर भरेको यो सांगीतिक कृति स्वयं गायक दोङले दर्शकस्रोतामाझ पस्किनुभएको हो ।
जोगलाल लामाको ऐरेन्ज रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गर्नुभएको हो । सगु सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको भिडियो चाडैँ बजारमा ल्याउने तयारी भइरहेको गीतकार मोक्तानले जानकारी दिनुभयो ।