-
नमोबुद्ध संवाददाता,काठमाडौं ।
भेट भयो हजुर दोहा शहरमा,
माया लाउनु लेख्य रैछ हाम्लाई कतारमा…….
मलेसिया,साउदी,कतार जस्ता मरुभुमि मुलुकको मुहार फेर्न लाखौं नेपाली युवाले रगत पसिना साटेका छन् । समयक्रमले त्यहाँको रापिलो हावापानी,माटोसँग नेपाली युवा मन भिजेको त छनै,तिनै मनमनमा कहिल्यै नमर्ने नेपाली माया,त्यसैमा फूलेको सद्भाव र प्रेम साट्न आएको छ-सांगीतकि कोसेली ‘दोहा कतारमा’ ।
चर्चित गायक राजेश पायल राई र उर्मिला खालिङ राईको सुमधुर आवाजमा यो कृति हालै सार्वजनिक भएको हो ।
वैदेशिक रोजगारीका क्रममा कतारमै रहेका खोटाङका गजेन्द्र खालिङ राईको शब्द रचना राजेशपायल र उर्मिलाको स्वरमा गीतको रुपमा आएको हो ।
पूर्वेली लोक गीतको प्लेवरमा तयार भएको गीतमा रोजगारको सिलसिलामा दोहा कतारमा भिजेको नेपाली जीवन र माया उधिनिएको छ । भिडियोमा कतार तथा राजधानी दोहा आसपासका रमणीय दृश्यहरु कैद गरिएको छ ।
जिविहाङ राईको संगीत रहेको गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौंमा रेकर्ड गरिएको हो भने मुस्कान मुकारुङ राईले मिक्सिङ गर्नुभएको छ,जुन गीत भिडियोसहित उर्मिला राई खालिङको यू–टुवमार्फत हेर्न सकिन्छ ।