नमोबुद्ध संवाददाता,

बेथानचोक–काभ्रेको बेथानचोक गाउँपालिका ४ पट्गाउँबेशीका ३ घर अग्नीपीडित परिवारलाई नेकपा बेथानचोकको नेतृत्वमा संकलन गरेको रकम शनिबार बितरण गरिएको छ ।

नेकपाका नेता तथा कार्यकर्ताहरुले संकलन गरेको १ लाख ११ हजार १ सय ८० रुपैया रकम बितरण गरिएको जिल्ला सदस्य मर्दन सिं तामाडं (पेमा)ले जानकारी दिनुभयो । उहाँका अनुसार अग्नीपीडित बुद्ध तामाङ,सबिना तामाङ र सुरेश तामाङलाई ३७ हजार ६० का दरले आर्थिक सहयोग प्रदान गरिएको हो ।

गएको दशैंको अष्टमीको दिन बिद्युत सर्ट भएर ३ घर जलेर समस्यामा परेका उनिहरुको दुखमा नेकपा बेथानचोक सारथी बनेको हो ।

सहयोग हस्तान्तरणमा नेकपा जिल्ला सदस्य पेमाका साथै बेद प्रसाद तिमल्सिना,पुर्ब जिल्ला समिति सदस्य प्रेम तामाङ,कुमार तिमल्सिना,स्थानीय नेता पाल्चेन लामा,जित ब. तामाङ,समाजसेवि मोहान लामा लागातको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस !