-
शिशिर दोङ,
तेमाल–इङ्ल्याण्ड नागरीक नब्रुस एर्थोटेन सँगको सहकार्यमा काभ्रेको तेमाल गाउँपालिका २ निवासी प्रेम लामा (ग्लान)ले चुखास्थित स्थानीय जन उद्दार प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार झोला र मास्क बितरण गर्नुभएको छ ।
यसअघि विभिन्न स्टेशनरी सहयोग गरेर साथ दिदै आएका लामाले यो पटक ३५ विद्यार्थीलाई झोला वितरण गरेको विद्यालयका प्रधानाध्यापक रोमिना लामाले जानकारी दिनुभयो ।
आफू सानो छँदा अभाव नै अभावमा अध्ययन गरेको तितो अनुभाव व्यक्त गर्दै उहाँले भन्नुभयो–“म आज जुन स्थानमा छु यसै विद्यालयमा प्राप्त शिक्षाले हो । यसमा विद्यालयको देन सम्झन्छु । आज ठूलो चिज त केहि ल्याएको हैन तर स–गर्व यो झोला उपहार वितरण गर्न पाएकोमा निकै हर्षित छु ।” गाउँका साना भाइबहिनीहरुलाई शिक्षा आर्जनमा केहि राहत पुगोस् भन्ने उदेश्यले सानो प्रयास गरेको उहाँले प्रस्ट्याउनु भयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामहरि आलेमगरले लामाको यस काम प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“विद्यालयलाई विगतको वर्ष देखिनै स्टेशनरीका सामानहरु बितरण गर्दै आएकोमा यसपाली झोला वितरण गर्नुभयो,उहाँको यो सहयोगप्रति धन्यबाद ।”