-
नमोबुद्ध संवाददाता,
पाँचखाल–सुनकोशीको पानी नगरबासीलाई खुवाउन काभ्रेको पाँचखाल नगरपालिका ९ चारपिप्लेमा ब्याक वास ट्याङकीको हालै शिलन्यास गरिएको छ । पाँचखाल नगरपालिका भित्र स्वच्छ र शुद्ध खानेपानी खुवाउने प्रतिक्षित आयोजनाको एक लाख ५० हजार लिटरको ट्याङ्कको एक कार्यक्रमका विच स्थानीय समाजसेवी एवं लोपोन्मुख जाती पहरी बस्तीका रत्नबहादुर पहरीले शिलन्यास गर्नुभएको हो ।
पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत सुनकोशीको विमिरे, पहरी बस्तीको मुख्य ट्याङकीबाट व्याक वासको रुपमा जम्मा हुने पानी राख्नको लागि निर्माण हुने ‘ब्याक वास’को शिलन्यास कार्यक्रममा पहरीले सबैले राम्रो काम गरेर चाँड सम्पन्न गर्न अनुरोध गर्नुभयो । उहाँले विगत लामो समयदेखिको पानीको अभाव बाट मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै आफ्नो पालामा भएको पानीको समस्याका बारेमा चर्चा समेत गर्नुभयो ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखालको पहिलो समस्या खानेपानी र दोस्रो समस्या नगरको ग्रामिण बस्तिहरुमा रहेको धुले सडक भएकोले खानेपानीको काम सँगै धुले सडकलाई पिच गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । खानेपानी र धुले सडकको समस्याले गर्दा नगरवासिले सास्ति खेप्दै आएकोले दुवै समस्या समाधान गर्ने कार्यमा नगरवासिहरु एकजुट भएर अगाडी बढेको उहाँको भनाई छ ।
सुनकोशी पाँचखाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले नगरमा रहेका सवै राजनीतिक दलहरुसंग साथै नगरवासिहरुसंग सहकार्य गर्दै निर्धारित समयमा योजना सम्पन्न गर्ने बताउनुभयो । विगतमा उपभोक्ताको सुचिमा समावेस हुन नसकेकाहरुलाई ०७७ मंसिर मसान्त सम्मको अवधि राखि उपभोक्ताको तर्फबाट बुझाउनु पर्ने रकम स्वरुप २५ हजार पाँचखाल स्थित कृषि बिकास बैकमा रहेको सुनकोशि पाँचखाल खानेपानीको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने उपभोक्ता समितिका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
पाँचखाल नगरवासीहरुलाई ३० महिना भित्र खानपानी खुवाउने उदेश्यले २०७७ असार १५ गते हुवासुई कन्काई जे.भिसंग १ अर्व ३४ करोड १० लाख ६५ हजार ६ सय ३७ रुपैयामा ठेक्का सम्झौता भई तिब्र गतिले निर्माण कार्य अगाडी बढेको छ । आयोजना एसियाली विकास बैंक, नगर विकास कोष, खानेपानी विभाग, पाँचखाल नगरपािलका र उपभोक्ताहरुको लगानीमा निार्मण सुरु भएको हो ।