
-
नमोबुद्ध संवाददाता,
धुलिखेल–नेपाली कांग्रेस महासमिति सदस्य तथा निर्माण व्यवसायी विभागका केन्द्रीय सदस्य भिम तामाङको उपचारका लागि कांग्रेस जनसम्पर्क समिति क्यालीफोर्निया अमेरिकाले १० लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । क्यान्सर रोगसँग जुधिरहेका काभ्रेको तेमाल गाउँपालिका–७ काल्धार निवासी ४७ वर्षिय तामाङको उपचारका लागि नेपाली कांग्रेस जनसम्पर्क समिति क्यालिफोर्निया अमेरीकाका सदस्य तथा तामाङ को–अपरेटिभ सोसाइटी क्यालिफोर्नियाका सदस्य पदम लामाको अगुवाईमा संकलित सहयोग रकम हालै हस्तान्तरण गरिएको हो ।
अमेरिकामा रहेका नेपालीहरुद्धारा संकलित यो सहयोग जनसम्पर्क समितिका अध्यक्ष पुर्ण शेर्पाले क्यान्सर पिडित तामाङलाई हस्तान्तरण गर्नुभयो । सहयोग रकम ग्रहण गर्दै तामाङले श्रम गर्न गएका नेपालीहरुले दुःखमा गरेको महत्वपुर्ण सहयोगप्रती आभार व्यक्त गर्नुभएको छ ।
नेपालबाट नेपाली कांग्रेस महासमिति सदस्य तथा काभ्रे क्षेत्र नं. १ प्रदेश सभा(ख)का उम्मेद्वार गणेश लामा र युवा नेता जीवन घिसिङले अमेरीकामा रहेका पदम लामालाई सहयोग संकलन सहजिकरणको आग्रह गरेअनुसार सहयोग रकम प्राप्त भएको बताइएको छ ।
यो मानविय कार्यमा नेपाली कांग्रेस जनसम्पर्क समिति क्यालिफोर्नियाका कार्यवाहक अध्यक्ष नारायण खनाल,उपाध्यक्ष इश्वरी सापकोटा,सदस्य चन्द्र धिताल, समाजसेवी आयुष लामा लगायतले दुःखमा सहयोग गर्नु नै धर्म भएको बताउँदै सहयोगी हात अघि बढाएको बताएका छन् । सहयोग संकलन संयोजनकर्ता पदम लामाले तत्काल सकेको सहयोग पठाएको स्पष्ट पार्दै पिडित तामाङको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्य, महासमिति सदस्य तथा युवा नेता गणेश लामा, जिल्ला सदस्य सञ्जिव लामा, नेपाल तरुण दल काभ्रे क्षेत्र नम्बर १ का केन्द्रीय प्रतिनिधि रण बहादुर तामाङ, युवा नेता जीवन घिसिङ लगायतको उपस्थिती थियो ।
ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरमा प्रारम्भीक उपचारपश्चात भारतको नयाँ दिल्लीमा रहेको मेदान्त अस्पतालमा थप उपचार गराएका तामाङ हाल नेपालमै स्वास्थ्य लाभ गरिरहनुभएको छ । पिडीत तामाङको उपचारका लागि करोडभन्दा बढि खर्च भएपछि नेपालमा रहेका विभिन्न व्यक्तिले पनि आर्थिक सहयोग गरेका छन् ।
हालसम्म प्राप्त सहयोग र सहयोगी व्यक्तिहरुको नामावली