• नमोबुद्ध संवाददाता,

ढुंखर्क–काभ्रे जिल्लाको दक्षिण भेगमा पर्ने बेथानचोक गाउँपालिकाको २ सामुदायीक बिद्यालयका बालवालिकाहरुलाई १ हजार ६ सय मास्क बितरण गरिएको छ । गर्ल्स पावर टिम काभ्रेको मास्क बितरण अभियान अन्तर्गत बिबीबार बेथानचोक गाउँपालिका २ ढुंखर्कमा रहेको पार्बती उच्च माध्यमिक बिद्यालयलाई ९ सय र वडा नम्बर ४ पार्थलीडांडामा रहेको सरस्वती माध्यमिक बिद्यालयलाई ७ सय गरी १६ सय मास्क बितरण गरिएको हो ।

जिल्लामा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बिद्यालयका बालवालिकाहरुलाई सतर्कता अपनाउन गर्ल्स पावर टिम काभ्रे जिल्ला संयोजक शर्मिला लामा (थिडं) र अन्तर्राष्ट्रिय तामाङ परिसदका उपाध्यक्ष अस्मिता वाईबाले बिद्यालयमै पुगेर माक्स बितरण गर्नुभएको हो ।

अन्य बिद्यालयहरुको बालवालिकाहरुलाई पनि मध्यनजर गर्दै बिद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरीरहेको संस्थाका काभ्रे संयोजक थिङले जानकारी दिनुभयो । उहाँका अनुसार मास्क अडर गरिएको र तयार भएपछि बितरण कार्यलाई निरन्तरता दिइनेछ ।

रोजगारीका लागि बिभिन्न देशमा गएर श्रम गरीरहेका महिला दिदि बहिनीहरुले पठाएको सहयोग रकमले महिला तथा बालवालिकाहरुलाई मास्क बितरण गर्दै आएको टर्कीबाट यो अभियानको संयोजना गरिरहनुभएका सविना श्रेष्ठले जनाउनुभयो ।

संस्थाले इलाममा १००० , झापामा ५००,मोरङमा १००० र सुन्सरीमा १००० पिस मास्क बितरण गरिसकेको उहाँले बताउनुभयो । गर्ल्स पावार टिमले बिशेष गरी महिला तथा बालवालिकाको समस्यालाई मध्यनजर गरी सहयोग गर्दै आएको छ ।

केहि समय अगाडी मात्रै टिमले सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रका महिलाहरुका लागि महिनावारीको समयमा प्रयोग गर्ने प्याड २१० थान,सुत्केरी महिलाहरुका लागि पेडेक्स प्याड, बालबालिका तथा बिशोरकिशोरीहरुको लागि भित्रि कपडा १३२ थान, बाहिर प्रयोग गर्ने कपडा सेट ५९ थान,आमाहरुका लागि पस्मिना,महिलाहरुका लागि भित्री र बाहिरी वस्त्र,स्याम्पु,साबुन,मास्क लगायतका सामाग्रीहरु वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !