बनेपा–नोवल कोरोना भाइरस कोभिड १९ का कारण काभ्रेको बनेपा नगरपालिका वडा नम्वर १३ साँगाका एकै परिवारका दाजुभाईले ज्यान गुमाएका छन् । यी दुई सदस्यको १० दिनको फरकमा मृत्यु भएको हो ।
२०७७ असोज १८ गते ४५ बर्षिय भाईको निधन भएको १० दिन पछि २८ गते राति ५० बर्षिय दाजुको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको खबर नेपाल समाचार पत्रको अनलाइनमा बिहीबार मोतिराम तिमल्सिनाले लेख्नुभएको छ ।
मधुमेह रोगबाट पीडित ५० बर्षिय पुरुषलाई २०७७ भदौ २७ गते धुलिखेल भर्ना गरिएको थियो । निरन्तर आईसियुमा राखि उपचार गरि रहेपनि कोरोनाका कारण निको नभई उहाँको ज्यान गएको हो । उहाँको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना संक्रमण छ । एकै घरका दुई दाजुभाईकै कोरोनाका कारण मृत्यु भएको जिल्लामै पहिलो पटक हो ।
त्यस्तै कोभिडका कारण बनेपामा २८ गते बुधबार राति अस्पतालमा एक जना र घरमै एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । बनेपा नगरपालिका ७ निवासी ७७ बर्षिय ती नागरिकमा किड्नीको समस्या थियो ।
स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लामा विहिबार विहानसम्म १२ जनाको निधन भईसकेको छ भने अन्य जिल्लाका ५ जनाको मृत्यु भएको छ ।