-
नमोबुद्ध संवाददाता,
काठमाडौं–विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस(कोभिड १९) बाट संक्रमितमध्ये २ करोड ८५ लाख ९७ हजार २ सय भन्दाबढी मानिस निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७८९ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ८० लाख ३५ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये ८३ लाख ५२ हजार ९ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६९ हजार बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७९ लाख ४५ हजार ५ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ८० लाख ३७ हजार ७ सय भन्दाबढी निको भएका छन् भने २ लाख २० हजार बढीको ज्यान गएको छ ।
नेपालको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ५ सय ६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ९ हजार ८९४ जनाको मृत्यु भएको भारतीयस सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ८५ हजार ३ सय ३५ पुगेको छ ।