• नमोबुद्ध संवाददाता,

काठमाडौं-पुजा बम्जनको प्रश्तुती ‘आप्पाकी छोरी’ सेलो गीत शुक्रबार सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित एक औपचारिक समारोहकाबीच वरिष्ठ संगीतकार प्रदिप बम्जनको बाहुलीबाट यो गीत भिडियो सहित विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बम्जनले नयाँ सिर्जना कार्यमा जोडिएका सिंगो टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।रचनाकार,गायक गायिका, क्यामेराम्यान, कोरियोग्राफर लगायतको सामुहिक मिहेनतबाट यो सुन्दर सिर्जनाको जन्म भएको उहाँको भनाई छ ।

अग्रज संगीतकार चन्द्रकुमार दोङको अनुभव र अभिभावकीय भुमिकाले यो सेलो झनै उत्कृष्ठ बनेको बम्जनको तर्क छ ।  प्रतिक ङेसुरको कोरियोग्राफी र निर्देशन, सुर्य लामाको छायांकन कलाको पनि अर्थपूर्ण रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ संगीतकार चन्दकुमार दोङले नव प्रतिभालाई प्रोत्साहित पार्न आफ्नो शब्द र संगीत सहकार्य रहेको बताउनुभयो ।सांगीतिक क्षेत्रमा सम्भावना बोकेर उदाएकी पुजा बम्जनको गायकि खारिदै गएकोले स्रोता दर्शकले साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

गायिका बम्जनले संगीतकार दोङको उत्प्रेरणाबाट निकै हौसिएको धारणा व्यक्त गर्नुभयो । त्यस्तै नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन वलले गीत संगीत सन्देश प्रवाहको शसक्त माध्यम भएको बताउनुभयो । मनस्थिति बदल्न सहजै सक्ने शक्ति गीत संगीतमा रहेको दावी गर्दै उहाँले आफ्नो संस्कृति र पहिचान समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारकर्मी सुदिन दोङका साथै मिलन लामा, विकासदेव योञ्जन लगायतले पनि  ‘आप्पाकी छोरी’ टिमलाई सफलताको शुभकामना व्यक्त गरे । गीतमा हुर्कदो छोरी चेलीको मनोविज्ञान र सामाजिक परिवेश उधिनिएको छ । भिडियोमा स्वयं चन्द्रकुमार दोङका साथै मोडल निराञ्जली लामा, राजेन्द्र तामाङ र गायिका पुजा बम्जनलाई फिचरांकन गरिएको छ ।

सञ्चारकर्मी सुदिन दोङको सहजिकरणमा भएको कार्यक्रममा गीत संगीत क्षेत्रका सर्जक,कलाकार र सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता थियो । भिडियो जिग्मे मिडियाको युटुब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो यस्तो छ :

प्रतिक्रिया दिनुहोस !