-
नमोबुद्ध संवाददाता,
पनौती–ल्याव र दक्ष प्राविधिक अभाव देशका प्राय स्वास्थ्य संस्थाहरुले बेहोर्दै आएको समस्या हो । जहाँ भिडियो एक्सरे सेवा मुख्य रुपमा जोडिने गर्छ ।
काभ्रेको पनौती नगरपालिका वडा न १० खोपासीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भने यो समस्या अब रहेन । यहाँबाट हालै भिडियो एक्सरे सेवाको शुभारम्भ गरिएको छ ।
नगर प्रमुख भिम न्यौपानेले नगरबासीको स्वास्थ्यप्रति संवेदनशील नगरले स्थानीय नागरिकसम्मले सहजै लाभान्वित होउन् भने यो सेवा थालिएको बताउनुभयो । खोपासी स्वास्थ्य केन्द्रलाई नगरपालिका स्वास्थ शाखा मार्फत बजेट बिनियोजन गरेर एक्सरे मिसिन खरिद गरेर ब्यवस्थापन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।