• नमोबुद्ध संवाददाता,

चौंरीदेउराली–काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ६ कात्तिकेदेउरालीस्थित प्रभा माविका पूर्व अध्यक्ष तथा काँग्रेस नेता भलाराज गिरिले आफू अध्यक्ष हुँदा विद्यालयमा भ्रष्टचार गरेको खुलेको छ । विद्यालयको वार्षिक प्रतिवेदनमा उक्त कुराको उल्लेख छ ।

गिरिले भ्रष्टचार गरेको रकम १ लाख ८५ हजार रुपैयाँ विद्यालयले फिर्ता माग्दा विभिन्न बहानामा उनले उल्टै विद्यालयलाई सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । विद्यालयले बारम्बार ताकेता गर्दा समेत उनले उक्त रकम नतिरेपछि वार्षिक प्रतिवेदनमा उल्लेख गर्न बाध्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज पन्तले जानकारी दिए ।

आफूले विद्यालयमा भ्रष्टचार गरेको कुरालाई छायामाँ पार्न गाउँपालिकाले विद्यालयको जग्गालाई लिजमा लिई कृषि उपज केन्द्र बनाउन लागेकोमा त्यस विरुद्ध गिरी लागेका हुन् । त्यतिमात्र होइन, विद्यालय, गाउँपालिका र जनप्रतिनिधिको विरुद्ध अनर्गल प्रचार गरेर आफ्नो कम्जोरी लुकाउन खोजेको प्रभा माविका व्यवस्थापन समिति अध्यक्ष पन्तको आरोप छ ।

गिरीले एकातिर विद्यालयमा आफूले गरेको भ्रष्टचार गरेको ढाकछोप गर्न चाहेका छन् भने, अर्कोतिर कृषि उपज केन्द्रकै विरुद्ध लागेर किसान विरोधी चरित्र देखाएको स्थानीय किसानहरु बताउँछन् ।

‘कृषि उपज केन्द्र बन्न नदिने, किसानको आशामाथि लात हान्ने,यहाँ बिकास गर्न नदिने ठुलो राजनीतिक डिजाइन अन्तर्गत उनको यो कदम हो ।’ स्थानीय किसान भन्छन्, ‘यो षड्यन्त्रलाई सबैले बुझौं ।’

भ्रमको पछि नलाग्न विद्यालयको अनुरोध

गिरीले सर्वोच्च अदालतमा रिट निवेदन दिएकाले विचाराधीन रहेको मुद्दासँग सम्बन्धित विषयलाई लिएर विद्यालयको विरुद्धमा भ्रामक प्रचार भएको भन्दै विद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

विद्यालयको प्रधानाध्यापाक क्षितिज सुब्बाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज ९) मा उल्लेखित गाउँपालिका तथा नगरपालिकाको अधिकार प्रयोग गरी कृषि उपज केन्द्र स्थापना गरेकोले कोही पनि भ्रममा नपर्न अनुरोध गरिएको छ ।

प्रधानाध्यापक सुब्बाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘उक्त संकलन केन्द्रको भवन संरचना निर्माण गर्दा न्यूनतम ३ तलाको संरचना थेग्न सक्ने पूर्वाधार निर्माण गर्नुपर्ने र दोस्रो तलाको भाग अहिले रहेको विद्यालय भवनसँग बराबर हुने भएकोले भोगाधिकार सम्झौता भएको अवधिभर विद्यालयलको थप तलाहरु निर्माण गर्न सजिलो हुने र भोगाधिकार अवधी समाप्त भए पश्चात वा सम्झौता भङ्ग भएमा स्वतः भवन संरचना विद्यालयको हुने सम्झौता विद्यालयको हितमा रहेको समेत जानकारी गरिन्छ । यस सम्झौता बमोजिम निर्माणाधीन भवनको सम्पूर्ण निर्माणको जिम्मेवारी गाउँपालिकाको रहेको समेत जानकारी गराइन्छ ।’

विकास निर्माण कार्य र समाजको सर्वोत्तम हितका लागि सदैव छलफल तथा अन्तरक्रिया गर्न तयार रहेको जनाउँदै छलफल तथा अन्तरक्रियाको विकल्प हुदाहुदै  प्रत्यक्ष साक्षात्कार गर्न हिम्मत नभएर घुमाउरो पारामा विद्यालय तथा समाजलाई दुःख दिने गिरिको नियत स्पष्ट देखिएको विद्यालयले जनाएको छ ।

भलाराज गिरीको विद्यालयसँग व्यक्तिगत रिसीबी मात्र रहेको जनाउँदै आफू अध्यक्ष हुँदा भ्रष्टचार गरेको पैसा फिर्ता नगर्ने नियत स्पष्ट देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विद्यालययद्धारा जारी विज्ञप्ति यस्तो छः

 

 

प्रतिक्रिया दिनुहोस !