सिन्धुपाल्चोक–बाह्रबीसे नगरपालिका–७ मा आइतबार विहानै खसेको पहिरोमा बेपत्तामध्ये ११ जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक र नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक हुनुहुन्छ ।
नेवार टोल र नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र ५ वर्षीया सरसस्वती विकको पनि शव भेटिएको प्रहरीले जनाएको छ ।
अझै २० जना बेपत्ता छन् । उनीहरुको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले दिनभर उद्धार कार्य जारी राखेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो ।
बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका छन् । पहिरोले दुइटा वटा बस्तीनै बगाएको हो ।