
-
नमोबुद्ध संवाददाता,
धुलिखेल–नेपालमा एकै दिन १२ सय १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा स्पष्ट पारेको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५२ जना भने डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ जना पुगेको छ ।