-
नमोबुद्ध संवाददाता,
सस्र्यूंखर्क–काभ्रे तेमाल गाउँपालिकाको वडा नम्बर १ को कार्यालय सस्र्यूंखर्कले चालु आर्थिक वर्षदखी सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्ने प्रक्रिया अगाडी बढाएको छ । नेपाल सरकार तथा स्थानिय सरकारको योजनाअनुसारनै यो कार्यक्रमका लागि वडा कार्यालयले सर्वसाधारणमा यसबारे सार्वजनिक सूचना जारी गरेको छ ।
सूचनामार्फत सामाजिक सुरक्षाभत्ता अब बैंकिङ प्रणालीमार्फत भुक्तानी दिने प्रयोजनार्थ आवश्यक कागजातहरु लिएर वडा कार्यालय आउन सम्बन्धित लाभग्राहीहरुमा आह्वान गरिएको छ ।
“यस वडा नं. १ सस्र्यूंखर्कका खाता खोल्न छुट हुनुभएका लाभग्राहीहरु मिति २०७७ असोज १ गते वडा कार्यालयमा उपस्थित भई अनिवार्य रुपमा खाता खोल्ने प्रक्रियामा आउनुहुन जानकारीको लागि अनुरोध छ ।” वडाध्यक्ष मानबहादुर श्रेष्ठद्धारा जारी सूचनामा उल्लेख छ ।
बृद्धभत्ता बुझ्दै आएकाहरुले निजको नागरिकताको प्रमाणपत्रको फोटोकपी तथा सक्कल,भत्ता पासबुक तथा सक्कल,पासपोर्ट साइजको फोटो ३ प्रति बुझाउनुपर्ने भनिएको छ । दलित बालबालिका र अपांगता भएकाहरुले आफ्नो नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको फोटोकपी तथा सक्कल,पासपोर्ट साइजको फोटो ३ प्रति र भत्ता पासबुकको फोटोकपी तथा सक्कल लिएर आउनुपर्ने वडाध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो ।