• नमोबुद्ध संवाददाता,

भकुण्डे–काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा वन्दको समय लम्ब्याएको छ । यसअघि एक साताका लागि भदौ २२ गतेसम्म सेवा वन्द गरिएकोमा कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येजनर गर्दै भदौ २८ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयो ।

अतिअवाश्यक बाहेकका सेवा पुनः बुधबारदेखी वन्द गरिएको जनाउँदै नगरपालिकाले यसबाट नगरबासीमा पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ । नमोबुद्ध नगरपालिकाले एक कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि भदौ १४ गते बसेको नगर कार्यपालिकाको बैठकबाट भदौ २२ गतेसम्म सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको थियो ।

यसबीचमा ती पुरुष कर्मचारीको कन्ट्याक्ट ट्रेसिङको क्रममा २१ जनाको स्वाब संकलन गरिएकोमा २० जनामा कोरोना भाइरस संक्रमण नरहेको पाइएको थियो भने एकजना महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । दुबैजना कर्मचारी अहिले नगरपालिकाको आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !