-
नमोबुद्ध संवाददाता,
भोजपुर-‘मुख्यमन्त्री र लालझण्डाको आडमा नेकपाको नेता मल तस्करीमा’ भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रामक भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाँउ पालिकाले खण्डन गरेको छ ।
नेकपा अरुण गाँउ पालिकाका कमिटीले एक विज्ञप्तिमा जारी गर्दै त्यसमा आफनो पार्टीको कुनै पनि संलग्नता नभएको स्पष्ट पारेको हो । यसमा केही सञ्चार माध्यमले नबुझीकन समाचार सम्प्रेषण गरेको नेकपा अरुण गाउँ कमिटीको दाबी छ । साथै सञ्चारमाध्यममा आएका समाचार अनुसार अर्जुन कट्वाल नेकपाको बरिष्ठ नेता नभएको प्रष्ट पारेको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता अर्जुन भुजेल नेपालीको संलग्नता रहेको जानकारी गराउँदै नेकपा अरुण गाँउपालिकाप्रति लगाइएको उक्त भ्रामक आरोपको पुष्टि गर्न चुनौती दिएको छ ।
सो आरोपको खण्डन गर्दै सत्यतथ्य छानविन गरी दोषीलाई कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्न विज्ञप्तिमार्फत माग गरेको छ ।
विज्ञप्तिमा आफनो पार्टीलाई बद्नाम गराउने उद्देश्यले भ्रामक, कपोल्कल्पित, अतिरंजित र तथ्यहीन समाचार सम्प्रेषण गर्नु पेशागत अपराध भएको नेकपा अरुण गाँउ पालिकाका अध्यक्ष बलभद्र राईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।