-
नमोबुद्ध संवाददाता,
काठमाडौं–आर्थिक अभावका कारण थप उपचार गर्न नसकिरहेका काभ्रे जिल्लाको महाभारत गाउँपालिका–३ स्थित सोलिगोप्टेका कान्छालाल योन्जनलाई आर्थिक सहयोग प्राप्त भएको छ । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बुधबार काठमाडौंस्थित रहेको नेपाल नेशनल अस्पातलमा पुगेर १ लाख १२ हजार ८ सय रुपैँया रकम हस्तान्तरण गर्नुभएको हो ।
रोजगारीको सिलसिलामा मलेसियामा रहेका राकेश भोलन र विजय थिङको पहलमा १ लाख २ हजार ८ सय संकलन भएको र त्यसमा अध्यक्ष जिम्बा स्वयंमले ५ हजार रुपैयाँ र महाभारत कस्न्ट्रक्सनका तर्फबाट सुजन लामा र तस्वीर योञ्जनले संंयुक्त रुपमा ५ हजार रुपैयाँ गरी एकमुष्ट १ लाख १२ हजार ८ सय रुपैँया बिरामीको दाजुलाई हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम हस्तान्तरण गर्न अस्पताल पुगेका अध्यक्ष जिम्बाले बिरामीको उपचारमा आर्थिक सहयोगको लागि पहल गर्ने र सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै बिरामी योञ्जनको शिघ्र स्वास्थ्य लाभ कामनासमेत गर्नुभयो । त्यस्तै अध्यक्ष जिम्बाले गाउँपालिका तथा अफ्नो व्यक्तिगत रुपमा गर्न सक्ने साथसहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रकम हस्तान्तरण गर्न अध्यक्ष जिम्बासँगै समाजसेवी तथा युवा नेता सुजन लामा, अमृत योञ्जन, तस्वीर मोक्तान, रिजन मगर लगायतको अस्पताल पुग्नुभएको थियो ।
गत साउन २७ गते बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएको योञ्जनको टाउको र खुट्टाको तिघ्रामा गहिरो चोट लागेको थियो । योन्जनको टाउको र खुट्टाको अप्रेसन भएपनि पुर्ण रुपमा निको नभएका कारण पुनः अप्रेसन गर्नुपर्ने भएपछि आर्थिक समस्याले उपचार रोकिएको थियो । हाल उहाँको उपचारको लागि सहयोग रकम जुटिरहेको छ ।
‘सेवा नै धर्म हो’ र भजन गाउने ओठहरु भन्दा सेवा गर्ने ती हातहरु महान हुन्छन्’ मुल उद्देश्यका साथ आर्थिक समस्याका कारण उपचारनै रोकिरहेको योञ्जनको उपचारमा आफूहरुले एक छाक काटाएर भए पनि सहयोगी तथा पहलकर्ताहरुको भनाई छ ।
सहयोगी मनकारीले सहयोग गर्न चाहेमा बिरामीका दाजु सम्पर्क नम्बर ९८६६४४३२०४ मा सम्पर्क गर्न सकिने परिवारजनले जनाएको छ ।
गम्भीर घाईते योञ्जनको स्थानीय बान्सिन्दमार्फत उपचारका लागि जिल्ला अस्पताल धुलिखेल ल्याईएकोमा जिल्लामा कोरोना भाइरसको कारण उपचार गर्न नसकिने बताएपछि काठमाडौं वीर हस्पिटलमा रिफर गरिएको थियो । तर त्यहाँ आइसियु खाली नभएपछि वीर अस्पतालबाट पनि कलंकीको नेपाल नशनल अस्पतालमा रिफर गरिएको थियो ।