“बैकल्पिक माध्यमबाट पठनपाठन गराउन भनेको छु ।”

  • नमोबुद्ध संवाददाता,

तेमाल–काभ्रेको तेमाल गाउँपालिका क्षेत्रमा रहेका सबै विद्यालयका सबै प्रकारका शिक्षक तथा क्षिक्षा कर्मचारीको निशुल्क कोरोना विमा गाउँपालिकाले गर्ने भएको छ ।

सबै इच्छुक विद्यालयहरुले एकमुष्ठरुपमा शिक्षक कर्मचारीको विवरण भरी ७ दिनभित्रमा पालिकाको शिक्षा,युवा तथा खेलकुद शाखामा पेश गर्नका लागि बुधबार सूचना प्रकाशित गरिएको छ । साथै सामुदायिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक कर्मचारीको विवरण भने छुट्टै पठाउन भनिएको छ ।

शिक्षा अधिकृत केदार प्रसाद ढकालद्धारा हस्ताक्षरित सूचनामा आर्थिक वर्ष २०७७/०७८ को पालिकाको बजेट वक्तव्यको बुँदा न.२८५ मा उल्लेख भएअनुसार र सोही बमोजिम बिमा समितिको कोरोना बिमा मापदण्ड २०७७ मार्फत नेपाल सरकारका सम्पूर्ण राष्ट्रसेवक शिक्षक कर्मचारीको शत प्रतिशत अनुदानमा निशुलक कोरोना विमा कार्यक्रम रहेकोले सोही प्रयोजनका लागि शिक्षक कर्मचारीको निशुल्क कोरोना बिमा गर्न लागिएको उल्लेख छ ।

पालिका अध्यक्ष सलाम सिं तामाङका अनुसार तेमालमा माध्यमिक,आधारभूत र प्राथमिक गरी ४१ वटा विद्यालय छन् । त्यसमा २ सय ४० जना शिक्षक,कार्यालय सहयोगी ४६ जना र विद्यालय कर्मचारी १८ जना छन् । चालु आर्थिक वर्षमा नारायणस्थान मावि र जनचेतना उच्चमाविमा थप दुई बालविकास कोटातर्फका गरी सहजकर्ता ४८ जना छन् । यो भदौभित्र ति सबैको कोरोना बिमा गरिसक्ने योजना रहेको उहाँको भनाई छ ।

“बैकल्पिक माध्यमबाट पठनपाठन गराउन भनेको छु ।”

नोवल कोरोना भाइरस(कोभिड–१९)को यो अवधिमा कत्तिपनि काम नगरेर घरमै बसेका शिक्षक कर्मचारीको निशुल्क कोरानो बिमाको औचित्यमाथि प्रश्न उठ्न नदिने पालिका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो ।

“बैकल्पिक माध्यमबाट पठनपाठन गराउन भनेको छु ।”, पालिका अध्यक्ष तामाङले भन्नुभयो–“क्वारेन्टाइन कक्ष रहेको कारण देखाउँदै पञ्चकन्या मावि ठूलोपर्सेलमाचाँहि बैकल्पिक उपाय अपनाउन सकेको छैन,अन्य प्राय विद्यालयका शिक्षकहरुले पठनपाठनको केहि न केहि उपाय अपनाउन खोजेको देखिन्छ ।”

विद्यार्थी र शिक्षक कर्मचारीको स्वास्थ्य सचेतनाका साथ सबै विदालयहरुमा एक वर्षका लागि स्टेशनरी सामाग्री समेत हस्तान्तरण गरिसकेको उहाँले स्पष्ट पार्नुभयो ।

यत्तिबेला नेपालका अन्य थुप्रै स्थानिय तहका शिक्षकहरुले भने रेडियो तथा अनलाइन सञ्चार प्रविधिको माध्यमको प्रयोगमार्फत पठपाठनको प्रयास गर्नुका साथै केहिले अभिभावक र पालिकासँग समन्वय गरेर टोलटोलमा सुरक्षित तवरले पठपाठनको अभ्यास गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !