नमोबुद्ध संवाददाता,
धुलिखेल- काभ्रेको नमोबुद्ध नगरपालिकाकी कोरोना संक्रमित एक किशोरी उपचारपछि घर फर्किएकी छन् ।
धुलिखेल अस्पतालमा उपचार पछि १७ बर्षीया किशोरी बिहीबार घर फर्केकी हुन् ।
पछिल्लोपटक गरिएको पिसिआर परीक्षणमा उनमा कोरोमा संक्रमण नेगेटिभ देखिएको धुलिखेल अस्पतालले जनाएको छ ।
बिरामी भएपछि स्थानीय एक क्लिनिकबाट शिर मेमोरियल अस्पताल बनेपा हुँदै धुलिखेल अस्पताल पुगेकी उनको उपचारको क्रममा पिसिआर परीक्षण गर्दा साउन ३१ गते कोरोना संक्रमण देखिएको थियो ।
उनलाई कोरोना पुष्टि भएपछि गरिएको कन्ट्र्याक ट्रेसिङको क्रममा उनको परिवारका सदस्य र प्रारम्भिक उपचार गरिएको क्लिनिकका स्वास्थ्यकर्मीमा भने संक्रमण पाइएन ।
।
ति किशोरी अब १४ दिन होम क्वारेन्टाइनमा बस्नेछिन् ।
नमोबुद्ध नगरपालिकामा हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये चारजना निको भई घर फर्किएका छन् भने वडा नंवर ११ का एक पुरुषको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई संक्रमण पुष्टि भएपछि कन्ट्र्याक ट्रेसिङको क्रममा बुधबार वडा नंवर ११ का ३५ जनाको स्वाब संकलन भइसकेको छ । रिपोर्ट भने आउन बाँकी छ ।