• नमोबुद्ध संवाददाता,

धुलिखेल–नोवल कोरोना भाइरस(कोभिड–१९) संक्रमण काभ्रेको तेमालका नागरिकमा पनि देखिएको छ । तेमालका ३७ वर्षीय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ  कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

तेमाल १ का ति महिला काठमाडौंमा बस्दै आएको र हाल पनि काठमाडौंस्थित होम आइसोलेसनमै हुनुहुन्छ । स्रोतका अनुसार ति महिलाको आमाको पनि पिसीआर पोजेटिभ रहेको खुलेको छ,उपचारको क्रममा पाटन अस्पतालमा पुगेपछि ति महिलालाई पनि कोरोना देखिएको हो ।

छिमेकी पालिकाहरुमा कोरोना संक्रमणका विरामीहरु देखिएपनि अहिलेसम्म तेमालमा पिसिआर पोजेटिभ पुष्टि भएको थिएन । तेमाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकका अनुसार बिहीबार कोरोना पुष्टि भएको जानकारीमा आएको महिला काठमाडौंमै बस्दै आएकोले तेमालको स्थानिय स्तरमै भने कोरोना भित्रिएको छैन । स्वास्थ्य शाखाले कोरोना रोकथाममा थप सावधानी भने अपनाएको उहाँले बताउनुभयो ।

यसका साथै काभ्रेका अन्य स्थानिय तहहरुमा समेत गरी जिल्लाका थप १७ जना कोरोना संक्रमित भएका छन् ।

बनेपास्थि स्पाइनल इञ्जुरीमा ६ महिला र ६ पुरुष,५३ वर्षिय पूर्व राज्य मन्त्री १,पनौतीका १,धुलिखेलका १,तेमालका १ र रोशी गापा स्थायि घर भएका १ जना पत्रकार पुरुष गरी १७ जनालाई कोराना पुष्टि भएको हो ।

यो संगै काभ्रेमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !