-
नमोबुद्ध संवाददाता,
धुलिखेल–सिन्धुलीको जुनार निकै रसिलो मानिन्छ,यसको चर्चा गीतसंगीतको दुनियाँसम्म नछाएको हैन । पश्चिमेली लोक गायक विमल डाँगीदेखी राजजी खाँडसम्मले पनि ‘सिन्धुलीको जुनार’ टुक्का जोड्दै दोहोरी गीत गाउनुभएको थियो ।
यिनै सन्दर्भमा ‘सिन्धुलीको जुनारै रसिलो’ बिल्कुलै नयाँ लोक दोहोरी गीत भिडियोसहित हालै सार्वजनिक भएको छ । स्मृति गौतम र लोकेन्द्र तामाङको स्वर रहेको यो दोहोरी अहिले चर्चामा छ । सिन्धुलीको जुनारको बखान त गीतको टुक्कामै आइहाल्यो नै,यसबाहेक अग्र्यानिक माया प्रेमको कुरा छ–‘सिन्धुलीको जुनारै रसिलो’ मा ।
डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीत लोकेन्द्र तामाङ र छवि श्रेष्ठको शब्द रचना हो । लय शुन्दर सुनामको रहेको यस गीतको एरेन्ज विष्णु तामाङले गर्नुभएको हो ।
सन्जिव ठकुरीको निर्देशन तथा करियोग्राफि रहेको भिडियोमा स्वयं सन्जिव र आयुष्मा कार्कीको अभिनय छ । प्रकाश खड्काको छायांकन र पदम सुवेदिले सम्पादन गर्नुभएको भिडियो निकै मनोरञ्जनात्मक बनेको छ ।