
काठमाडौं —नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका पीएसओसहित ति सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
गत बिहीबार नेपालसहित सबैको स्वाब संकलन गरिएको थियो । गौतमका अनुसार नेता नेपालसहित उहाँको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि सबै सुरक्षाकर्मी आइसोलेसनमा बसेको पनि गौतमले जानकारी दिनुभयो ।
ekantipur.com
https://ekantipur.com/news/2020/08/22/15980776963879610.html