• नमोबुद्ध संवाददाता,

धुलिखेल–नोवल कोरोना भाइरस(कोभिड–१९) बाट मंगलबार एकै दिन १३ जना संक्रमित भएको पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ । काभ्रेको धुलिखेल ७ का ९८ वर्षिय वृद्ध नागरिकको उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौं बानेश्वरमा छोरा बुहारीकासाथ बस्दै आउनुभएका ति वृद्ध पारिवारीक कामको सिलसिलामा धुलिखेल आउनेक्रममा सामान्य लक्षण देखिएपछि धुलिखेल अस्पताल लगिएकोमा साउन २९ गते कोरोना पुष्टिपश्चात त्यहाँ उपचाररत हुनुहुन्थ्यो । तिनै व्यक्तिको परिवारका छोरो बुहारीमा यसअघिनै कोरोना पुष्टि भईसकेको हो भने परिवारका अन्य सदस्यको परीक्षणका क्रममा थप ७ जनालाई पनि कोरोना संक्रमण भएको अस्पताल स्रोतले जनाएको छ ।

साथै मंगलबार धुलिखेल अस्पतालका ६ जना स्वाथ्यकर्मी पनि कोरोना संक्रमित भएका छन् । यो संगै काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ भने संक्रमितको संख्या ८० पुगेको छ । ३४ जना भने उपचारपछि घर फर्केको जिल्ला जन स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !