• नमोबुद्ध संवाददाता,

बनेपा–काभ्रेको बनेपा नगरपालिकाले ५० बेडको आइसोलेन कक्ष सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । नोवल कोरोना भाइरस(कोभिड–१९)को संक्रमण स्थानिय तहस्तरसम्म देखिन थालेपछि नगरपालिका नेतृत्व यो तयारीमा जुटेको हो ।

बनेपा प्राविधिक शिक्षालय परिसरमा यहाँको भौतिक पूर्वाधारको प्रयोग हुनेगरी तयार हुदै गरेको आईसोलेसनको आइतबार जिल्ला कमान्ड पोस्टका प्रमुख,प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना,सदस्यहरु जिल्ला प्रहरी प्रमुख रबि राज पौडेल,नगर प्रमुख लक्ष्मी नरसिं बादे,उप प्रमुख रेखा सापकोटा दाहाल लगायतको टोलीले अनुगमन गर्यो ।

मध्यपूर्वि क्षेत्रकै ठूलो व्यापारिक क्षेत्र बनेपामा मानिसहरुको बसोबासका साथै चहलपहल बाक्लो हुने गरेको छ । यद्यपी नगरकार्यपालिकाको आइतबार बसेको बैठकले बनेपामा अति आवश्यक बाहेकका सबै सेवा बन्द गराउने निर्णय नै गरिसकेको छ ।

बाक्लो मानवबस्तीमा सामान्य चहलपहलकैै कारण पनि कोरोना भाइरसको खतरा बढिनै हुने सन्दर्भमा सुविधा सम्पन्न आइसोलेसन तयार हुनु निकै महत्वपूर्ण रहेको स्थानिय बताउँछन् ।

आइसोलेसन घना बस्तीबाट करीव १ किलोमिरट दुरीको शान्त र स्वच्छ वातावरणमा रहेकोले सुरक्षित पनि मानिएको छ । यसबाट महामारी रोकथाममा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । यति ठूलो क्षमताको आइसोलेसन यो जिल्लाकै पहिलो रहेको नगरका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !