• नमोबुद्ध संवददाता,

काठमाडौं–नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा साहित्य (मातृभाषा) विभागको संयोजनमा प्रकाशित हुँदै आएको नेपाल भाषाको अर्धवार्षिक पत्रिका ‘थाय्भु’को १२ औँ अङ्क बजारमा आएको छ ।

‘थाय्भु’को १२ औँ अङ्कमा नेपाल भाषाका महाकवि गिरिजाप्रसादबारे आवणर कथा रहेको छ । साथै यस अङ्कमा नेपालभाषाका कथा, नियात्रा, कविता, गीत, गजल, समालोचना, इतिहास, संस्कृति, अभिलेख विधाका विविध सामग्री समेटिएका छन् ।

‘थाय्भु’को १२ औँ अङ्कमा विभागीय प्रमुख प्राज्ञ लक्ष्मी माली प्रधान सम्पादकका साथै शशीकला मानन्धर, शरद कसाः र सुरेश किरण सम्पादक मण्डल सदस्य र रमेशकाजी स्थापित कार्यकारी सम्पादक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !