• नमोबुद्ध संवाददाता,

काठमाडौं-सहरका फोहोरमैला व्यवस्थापनमा अग्रस्थानमा रहेर कार्य गर्ने सरसफाईकर्मीहरूलाई हालै स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।

बहुउद्देश्यीय क्लिनिङ्ग सर्भिसको आयोजनाले विकास साझेदारी संस्था युएनडीपीको सहयोगमा सरसफाईकर्मीहरूलाई फोहोरमैलाको उचित व्यवस्थापन र स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगका बारेमा तालिम दिनुका साथै स्थास्थ्य सामग्री प्रदान गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष रेजिन श्रेष्ठले फोहोरमैला व्यवस्थापनको काम अत्यन्त संवेदनशील हुने भएकाले यसप्रति सम्बन्धित सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कोरोना महामारीको जोखिमका बेला गरिएको यस्तो कार्यक्रमले थोरै भए पनि सरसफाईकर्मीलाई राहत पुर्याएको उहाँको विश्वास थियो । उहाँले सहयोगी युएनडिपी प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

ललितपुर महानगरपालिकाका नगरकार्यपालिका सदस्य अशोकमान श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा अन्य वडा सदस्यहरू, युएनडीपीका प्रतिनिधि, स्वमनका प्राविधिक सल्लाहकार नवीनविकास महर्जन र अध्यक्ष धनप्रसाद आचार्य, महासचिव मित्रप्रसाद घिमिरे, संघका प्रतिनिधिहरु, बहुउद्देश्यीय क्लिनिङ्ग सर्भिसका सल्लाहकार पारुहाङ राई र पत्रकार सुदीप अधिकारी लगायतको पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !