• नमोबुद्ध संवाददाता,

काभ्रेपलाञ्चोक–सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पतालको २०० मिटर वरिपरीको क्षेत्र बिहीबार दिउँसोदेखी सिल गरिएको छ ।

विश्वव्यापी रुपमा नोवल कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको सन्दर्भमा धुलिखेल अस्पतालकै एक स्वास्थ्यकर्मी र नजिकै सञ्चालनमा रहेको होटेल व्यवासायीलाई समेत कोरोना संक्रमण देखिएपछि नगरपालिकाले यो कदम चालेको हो । कन्ट्याक ट्रेसिङको अवधिभर सिल गरिएको नगरपालिकाले सार्वजनिक सूचना जारी गरी जानकारी दिएको हो ।

धुलिखेल अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

यसैबिच धुलिखेल अस्पतालले पनि प्रेस विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख छ–“धुलिखेल अस्पतालमा गत सोमबारदेखी उपचारार्थ ४ जना विरामी र १ जना स्वास्थ्यकर्मीसहित ५ जनाको रिपोर्ट पोजेटिभ देखिएकोले करिव १२० जना डाक्टर र उपचारमा संलग्न स्वास्थ्यकर्मी एकान्तबास बस्नुपर्ने अवस्था आएको छ । अस्पतालको ओ.पी.डी,आकस्मिक कक्ष र वार्डमा सहित संक्रमण भएको आशंका भएकोले केहि समय अस्पतालको सेवा बन्द गरी किटानुरहित गर्न आवश्यक देखिएकोले संक्रमणमुक्त नहुञ्जेलसम्म आकस्मिक सेवा मात्र सञ्चालन गरिने व्यहोरा सबैमा जानकारी गराईन्छ ।”

प्रतिक्रिया दिनुहोस !