• नमोबुद्ध संवाददाता :

काठमाडौं–नेपालमा परम्परागत तथा मौलिक लोकबाजा सम्बन्धी अनुसन्धानात्मक पुस्तकहरु त प्रकाशनमा आए तर कुनै आधिकारिक पाठ्यसामग्री भने तयार हुन सकेका थिएनन् । अब भने यस्तो पाठ्यसामग्री तयार हुने भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संगीत विभागले मौलिक बाजासम्बन्धी यस्तो पाठ्य पुस्तक तयार पार्ने भएको प्रज्ञा–प्रतिष्ठानका संगीत विभाग प्रमुख प्राज्ञ अशोक राईले जनाउनुभयो ।

प्राज्ञ राईका अनुसार सो पाठ्य पुस्तक विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि उपयोगी हुनेछ । यस पुस्तकले नेपालमा नेपाली लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्नुका साथै रोजगारी सिर्जना गर्नमा समेत सहयोग पु¥याउने छ ।

नेपालमा परम्परागत मौलिक लोकबाजाप्रति युवापुस्ताको अभिरुचि बढिरहेको तर यससम्बन्धी सैद्धान्तिक, परिचायत्मक र व्यावहारिक ज्ञान दिने आधिकारिक पाठ्य सामग्रीको अभाव महसुस गरी यही वर्षभित्र सो सम्बन्धी पाठ्य पुस्तक तयार गरी प्रकाशन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

“टुङ्ना, सारङ्गी, सहनाई, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ्गा, बिनायो जस्ता मौलिक र परम्परागत नेपाली लोकबाजाहरू सम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानको परिपूर्तिका लागि यस्तो पुस्तक प्रकाशनको साच पलाएको हो ।”– पुस्तकको औचित्यमाथि थप प्रकाश पार्दै प्राज्ञ राईले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !