नमोबुद्ध संवाददाता

सिन्धुपाल्चोक–तेज थिङको स्वरमा पहिलो कोसेली ‘माथि माथि लेकममा धुपिको बोट’ बोलको गीत हालै भिडियोसहित सार्वजनिक गरिएको छ ।

ClickNepal युटुब च्यानल बाट सार्वजनिक गरिएको गीत आस्मान लोप्चनको रचना हो भने यसमा प्रकाश तामाङ तितुङले संगीत भर्नुभएको हो ।

गायक आस्मान लोप्चनद्धारा निर्देशित भिडियोमा गायक स्वयम तेज थिङ,आस्मा लामा , अभिषेक लामा र मोनिका लामाको अभिनयलाई सुर्य लामाले क्यामेराकैद गर्नुभएको हो ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँपालिका ४ नवलपुरमा जन्मेका नव गायक तेज थिङको यो पहिलो कोसेली हो । स्रोता दर्शकको प्रतिक्रियाले आफ्नो गीत संगीतको यात्रा निर्धारण गर्ने उहाँको भनाई छ ।

यस्तो छ भिडियो :

प्रतिक्रिया दिनुहोस !