नमोबुद्ध संवाददाता

काठमाडौं–काभ्रेको डाँडापारी क्षेत्रस्थित महाभारत गाउँपालिका वडा नं ७ का पक्षघातका विरामी लालकुरमार लोलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

स्वास्थ्यमा थप जटिल समस्यामा रहेका ७५ वर्षीय लोलाई ३६ घण्टापछि उद्धार गरी काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको लागि ल्याइएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जनाउनुभयो ।

उहाँका अनुसार सदरमुकाम र महाभारत गाउँपालिका जोड्ने सडक बर्खाको पानीका कारण अबरुद्ध भएपछि कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

भौतिक विकासका दृष्टिले काभ्रेको कर्णाली भनेर चिनिएको डाँडापारी महाभारत क्षेत्रमा बर्खाको समय स्थानियबासीले कष्ट बेहोर्दै आएका छन् । जहाँ अहिलेसम्म कुनै पनि अस्पताल छैन । जसकारण हरेक वर्ष कोही न कोहीले अकालमा ज्यान गुमाउनु परेका छ ।

यस अघि पनि महाभारत गाउँपालिका वडा नम्बर २ की १९ वर्षिया सुत्केरी सुनिता थोकरलाई उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !