
-
नमोबुद्ध संवाददाता
पनौती–प्रत्येक व्यक्ति सुरक्षित बनाउने अभियानमा लाग्नुभएका सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी मेनेजर अशोक बुद्ध लामाले आफ्नो जन्मदिन भिन्न तरिकाले मनाउनुभयो ।
अधिकांशले आफ्नो जन्मदिवस केक काट्दै भोजभतेर गरेर मनाउँछन् तर आफुलाई बुद्धको उपासक मान्ने अशोकबुद्धले त्यस्तो फजुल तामझाम गर्नुभएन । शनिबार विहान बनेपा नालामा रहेको ह्वाइट गुम्बामा बत्ती बाली लामाको आर्शिवाद लिनुभएका उहाँले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ९ मा रहेको श्री प्राणनाथ माइती वृद्धाश्रममा वृद्ध आमाबुबाको साथमा आफ्नो २५ औं वर्षको जन्मदिन मनाउनुभएको हो ।
आश्रमका वृद्ध आमाबुबामाझ केक काटेका लामाले आश्रमका वृद्धाआमाबुबाको आर्शिबाद लिनुभयो भने आश्रमलाई काम लाग्ने भाँडाकुँडाहरु २५ थान(थाल कचौरा, गिलास चम्चा, जग ४ वटा र डसविन २ थान) नगद ५ हजार सहित वितरण गर्नुभयो ।
आफु रोशी गाउँपालिका अध्यक्ष डिबी लामाबाट प्रेरित भएर यसप्रकारले जन्मदिन मनाएको लामाले बताउनुभयो । नेपालमा रहेका करिव ३ करोड जनसंख्यामध्ये १ करोडले मात्रै आफ्नो जन्मदिन वृद्धाश्राम,बालआश्रम,सडकमा रहेका अपंगता भएको व्यक्तिहरुमाझ मनाएमा कोही पनि भौकै रहनु नपर्ने बताउदै उहाँले भन्नुभयो–“आफ्नो लागि त पशु पनि बाँच्छन् अरुको लागि बाँच्नु नै मानव र सच्चा जिन्दगी हो ।”
पछिल्लोपटक लामा प्रत्येक व्यक्ति सुरक्षित बनाऔं भन्ने अभियानमा सक्रिय हुनुहुन्छ । सिटिजन लाइफ इन्स्योरेन्समार्फत धेरैको जीवनबिमा गराइसक्नुभएको छ । यसरी जीवन सुरक्षाको अभियानमा सक्रिय लामा उक्त बिमा कम्पनीका एजेन्सी मेनेजर हुनुहुन्छ,लामा हालसम्म देशभरीका एजेन्सीहरुमा उत्कृष्ट २० मा पर्न सफल हुनुहुन्छ । लामाले पछिल्लो समय सञ्चार क्षेत्रमा पनि कलम चलाउँदै आउनुभएको छ ।