-
नमोबुद्ध संवाददाता :
काठमाडौं-दर्शकमाझ चर्चा कमाएको तामाङ चलचित्र ‘दोर्जे डन’ भुमिगत भरहने नाम रहेन । यसमा दर्शकमाझ बिकेको आफ्नै फ्लेवरले त काम गरेकै छ अरु चाँहि नायिका सिता लामा र नायक कुमार मोक्तानको संयोजनकारी कार्य सम्पादन शैली ।
नायिका लामा तिनै दोर्जे डनको सिक्वेलमा अघि बढ्न कस्सिनुभयो । यसमा प्रकाश मोक्तानले कथा लेखनमा साथ दिनुभयो भने भगवती मोक्तानले लगानी ।
यि सबै तारतम्यता मिलाएर नायिका लामा आफ्नो परिचयलाई फराकिलो बनाउन निर्देशनको मैदानमा उत्रिनुभएको छ ।
उहाँकै निर्देशनमा दोर्जे डन ब्याक अगेन हुदैछ भन्ने कुरा मंगलबार उक्त चलचित्रको गीत ‘एला मिरी’ तथा फस्ट लुक सार्वजनिक गरिएपछि स्पष्ट भएको हो ।
भिडियो लाप्साङकर्पो मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको प्रोपाइटर तथा तामाङ चलचित्र संघ नेपालका सचिव रोशन फ्युवाले जनाउनुभयो ।
सक्सेस फिल्म्सको ब्यानरबाट दर्शकमाझ आउने दोर्जे डनको सिक्वेल दोर्जे डन ब्याक अगेन एक्शन प्रधाननै हुने अन्दाज छ । यसअघिका दर्शकलाई पनि यो कुराको अनुमान गर्न मुस्किल नपर्ला । यसमा यसको फस्ट लुकले पनि संकेत दियोनै ।
चलचित्रको पहिलो गीत हेर्दा पनि एक्सन संगै गीत संगीत पनि लोभ लाग्दो देखिन्छ ।
चलचित्रमा स्वयं सिता लामाले नायिकाको पनि भुमिका निर्वाह गर्नु भएको छ । चलचित्रमा यसअघिका चलचित्रमा खुबै जोडि जमेपछि नायकमा कुमार मोक्तानलाई छान्न अफ्ठ्यारो परेन उहाँलाई । साथै सुजिना गोले, पुसन लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायतको पनि अभिनय रहेको जानकारी दिईएको छ ।
अब चाँडै चलचित्रको ट्रेलर सार्वजनिक पश्चात कोरोना महामारी तथा लकडाउनको स्थिति हेरेर चलचित्र प्रदर्शनमा ल्याउने नायक कुमार मोक्तानले जानकारी दिनुभयो । लकडाउन खुलेर सहज वातावरण हुनासाथ चलचित्र प्रदर्शन हुने उहाँको आसय थियो ।
यस चलचित्रमा कुमार स्याङ्बा, बिशाल काल्तान र भगवती मोक्तानको शब्दलाई बिशाल काल्तान र जोगलाल लामाले संगीत भर्नुभएको छ । बिशाल काल्तान, जितु लोप्चन, शशिकला मोक्तान, धर्मलाल लामा र प्रकाश लामाको सुमधुर गायकी स्वर सुन्न सकिन्छ ।
लक्ष्मण घिमिरे , बिक्रम मोक्तान र अभिषेक माझीको छायाँकन रहेको चलचित्र रोधी डिजिटलमा मेक बहादुर थापाले सम्पादनमा तयार भएको हो ।