-
नमोबुद्ध संवाददाता :
पनौती–नोवल कोरोना महामारीको जोखिमकाबिच सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै काभ्रेको पनौती नगरपालिकाका ३ स्वास्थ्य संस्थाहरुलाई सोमबार स्वास्थ्य सामाग्री बितरण गरिएको छ । सेफ मदरहुड नेटवर्क फेडरेशन नेपाल संस्थाले नगर भित्र रहेको तीन वटा बर्थिङ सेन्टर लाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।
पनौती वडा नं ७ मा रहेको पनौती स्वास्थ्य चौकी, वडा नं १० स्थित खोपासी प्राथामिक स्वास्थ्य केन्द्र र वडा नं २ मा रहेको कुशादेवी स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सेफ मदरहुड नेटवर्क फेडरेशन नेपालको प्रतिधिनि मिरा सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पीपीए ड्रेस,फेस सिल्ड,सेनिटाइजर,थर्मल गन, पेपर मास्क, एन ९५ मास्क, साबुन र स्यानेटरी प्याड लगायत स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको हो । कोरोना महामारीको यो बेला जोखिम मोलेर सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि स्वास्थ्य सामाग्री बितरण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
संस्थाका प्रतिनिधि सापकोटाले एकमुष्टमा ति ३ वटा स्वास्थ्य संस्थाको लागि पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । उपप्रमुख बन्जाराले कोरोनाबाट संक्रमण रोक्न सहयोगी दाताहरुको यसखाले सहयोगको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।