• नमोबुद्ध संवाददाता :

धुलिखेल–काभ्रेका आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले स्पष्ट पारेको छ ।

बनेपा नगरपालिकाका २८ वर्षिय पुरुष १,महाभारत गाउँपालिकाका (हाल धुलिखेलको सञ्जिवनीस्थित क्वारेन्टाइन) मा रहेका २२ वर्षिय पुरुष १ र पाँचखाल नगरपालिकाको क्वारेन्टाईनमा राखिएका २६ र ३९ वर्षिय पुरुष २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा रहेका चारै जना संक्रमितलाई थप उपचारका लागि अस्पताल पठाईदैछ । उनिहरु चारै जना विदेशबाट फर्किएका थिए ।
अब जिल्लामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । संक्रमितमध्ये ७ जना भने उपचारपश्चात घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !