नमोबुद्ध संवाददाता

तेमाल–काभ्रेको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को आफ्ना नीति,कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक गरेको छ । “रोकौं महामारी,उठाऔं पूर्वाधार,बनौं स्वरोजगार” अभिप्रायसाथ पालिका केन्द्र नारायणस्थानमा आयोजित सातौं गाउँसभामार्फत पालिकाले उसको नीति,कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

प्राप्त स्रोत र साधनको सुव्यवस्थित नविनतम प्रयोग एवं उपयोगले तेमालबासीको समृद्धि र दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन तथा गाउँपालिकाको सेवा प्रवाहमा सहजता र उत्कृष्टता ल्याउने गरी नीति तथा कार्यक्रम तय गर्न यो सभा सफल भएको पालिका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो–“निर्दिष्ट व्यवस्थाअनुसार असार १० गतेभित्रनै नीति तथा कार्यक्रम ल्याउने प्रयत्नमै थियौं तर जनप्रतिनिधिहरुबिच बुझाई अलि फरक हुँदा र बर्खाको बेला भौगोलिक बिकटता लगायतले प्राविधिक तयारीमा समय लाग्यो,त्यसैले २ दिन पछि आज हामीले सभा गर्यौं ।”

सभामा पालिका अध्यक्ष तामाङले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपाध्यक्ष दुर्गामाया तामाङले बजेट प्रस्तुत गर्नुभयो ।

४८ करोड ८८ लाख ५३ हजार ७ सय ७२ रुपैयाँ कुल आयमा चालु खर्च तर्फ २६ करोड ६१ लाख ७७ हजार ४५५ र पुँजिगत खर्चतर्फ २१ करोड ३६ लाख ८९ हजार ३१७ गरी कुल रु ४९ करोड ५६ लाख ६६ हजार ७७२ अनुमानित खर्च हुने पालिका उापाध्यक्ष तामाङले सभामा जानकारी गराउनुभयो ।

कोरोना महामारी लगायतका चुनौतीकाबिच तेमालको समृद्धिको सवालमा पालिकाको नीति,कार्याक्रम र बजेट केन्द्रित रहेको प्रवक्ता ज्ञानबहादुर तामाङको भनाई थियो ।

सभाद्धारा शुक्रबारनै सर्वसम्मतले पारित भएको नीति,कार्यक्रम तथा बजेट सहज ढंगले कार्यन्वयन गर्नेतर्फ आफ्नो ध्यान जाने प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेलले बताउनुभो ।

पालिका अध्यक्ष सलाम सिं तामाङद्धारा प्रस्तुत नीति तथा कार्यक्रम :

उपाध्यक्ष दुर्गामाया तामाङद्धारा प्रस्तुत बजेट वक्तव्य :

वडास्तरीय योजना र बजेट :वडा नम्बर १ को योजनाहरु

पालिकास्तरीय योजना र बजेट :

प्रतिक्रिया दिनुहोस !