-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपालमा बिहिबार काठमाडौं उपत्यकाका ६ जना सहित थप ६७१ जनामा नोभल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेमा काठमाण्डौका २, भक्तपुरका ३, ललितपुरका १, अर्घाखाचीका ९७,दैलेखका ८७, डडेल्धुराका ८४,झापाका २, मोरङका १, अछामका ४४, बैतडीका २५, बाझुराका ४१, कैलालीका ४२, कपिलवस्तुका १७, नुवाकोटका २, रौतहटका ३४, रुपन्देहीका १२, सर्लाहीका २, सिन्धुपाल्चोकका १, महोत्तरीका १, सिन्धुलीका १, पर्वतका ९, चितवनका १, धनुषाका २९, बाग्लुङ्गका १, मनाङ्गका १, नवलपरासी पुर्वका ३१, नवलपरासी पश्चिमका २, स्याङ्जाका ९, तनहुका १५, गेरखाका ११, गुल्मीका ३, पाल्पाका ६, रोल्पाका १, बाँकेका ३, बर्दियाका ३, दाङ्गका ४, सुर्खेतका ३४, बझाङ्गका २, कन्चनपुरका २ र डोटीका ५ गरी ६७१ रहेका छन् ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ७,८४८ पुगेको छ भने मृत्यु हुनेको संख्या २ थप भई २२ पुगेको छ।