• नमोबुद्ध संवाददाता

तेमाल–जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलोपर्सेलका वडाअध्यक्षद्धारा ९० जना दिर्घरोगीहरुलाई निशुल्क औषधी वितरण गरेको छ । आर्थिक बर्ष २०७६⁄०७७ को जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत जेठ २९ गते देखि ३२ गते सम्म संचालन गरिएको वितरण अभियान अन्तर्गत १ महिनाको निमित्त पुग्ने औषधी निशुल्क वितरण गरिएको वडा अध्यक्ष विकुलाल तामाङले जानकारी दिनुभयो ।

वडा अध्यक्ष तामाङका अनुसार वडा भित्रका ९० जना सुगर, प्रेसर, दम, थाइरईट, मुटुरोग लगायत बिभिन्न रोगका दिर्घरोगीहरूलाई श्री महाँकाल आधारभुत मावि पकुवाल, नवनिर्मित वडा कार्यालय भवन भुमेथान, मोक्तान टोल, वडा कार्यालय भबन पुर्खङडाँडा, ठूलोपर्सेल बसपर्क, पन्चा कन्या मा बि पधेराटोल, पन्चा कन्या मन्दिर राटमाटे, महिला भवन मगरछाप, माथिल्लो छाप र सिङ्गटीबाट १ महिना सम्म पुग्ने औषधी वितरण गरिएको हो ।

यस अघि वडाले सोहि अभियान अन्तर्गत वडाभित्रका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र १४ जना गर्भवती महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिसकिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण विभिन्न स्थानिय तहहरुमा दिर्घरोगीहरुले नियमित रुपमा सेवन गरिआएको औषधीको अभाव देखिएकोे छ ।

प्रतिक्रिया दिनुहोस !